• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

माधव पक्षका सांसदलाई ओली पक्षले सोध्यो स्पष्टीकरण

धनगढी: नेकपा एमालेमा माधव पक्षका १७ प्रदेश सांसदलाई ओली पक्षको सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ । एमाले प्रदेश अध्यक्ष कर्ण थापा र प्रदेश सचिव राजेन्द्र रावलले माधव पक्षका सासंदलाई स्पष्टीकरण सोधेका हुन् । प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले पार्टीको निर्देशनविपरित मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने माधव पक्षका १७ सासंदलाई २४ घण्टे स्पष्टीकरण सोधेको जानकारी दिए । केन्द्रको निर्देशनअनुसार एमाले संसदीय दलका नेतासहित १७ जनालाई स्पष्टीकरण सोधिएको उनले बताए ।

‘१० जेठमा पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको थियो,’ उनले भने, ‘त्यसपछि प्रदेश कमिटीले पटकपटक सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । मुख्यमन्त्रीको विपक्षमा भोट हाल्न पनि निर्देशनात्म पत्र दिएका थियौँ । तर त्यस्को पनि उल्लघन गरेपछि स्पष्टीकरण सोधिएको हो ।’ रावलले चित्तबुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्य समेत नरहने गरी १७ जनालाई नै निष्काशन गरिने बताए । स्पष्टीकरण सोधिएका १७ सासंदमध्ये सात जना वर्तमान सरकारमा मन्त्री नै छन् ।

यसअघि माधव पक्षको बहुतम रहेको संसदीय दलले मुख्यमन्त्री भट्टको विरुद्धमा मत दिने ओली पक्षका सात जना सासंदलाई स्पष्टीकरण सोधेको थियो । ओली पक्षका सासंदले जवाफ दिदै संसदीय दलको विधानको वैधानिकतामाथि प्रश्न उठाएका थिए । ‘सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन भइनसकेको अवस्थामा सो विधानले कानूनी मान्यता र पूर्णता नै पाइनसकेको अवस्थामा सो अपूर्ण विधानका आधारमा सोधिएको स्पष्टीकरणको कुनै औचित्य छैन,’ जवाफ पेश गर्दै ओली पक्षका प्रदेशसभा सदस्यहरुले भनेका छन् ।

१० जेठमा एमाले स्थायी कमिटीको बैठकले माओवादी नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णयलाई टेक्दै ओली पक्षको प्रदेश कमिटीले सरकारबाट फिर्ता हुन एमाले मन्त्रीहरुलाई निर्देशन दिएको थियो । तर १२ जेठमा बसेको संसदीय दलको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गर्दै मन्त्रिमण्डल विस्तार गरेको थियो । त्यसपछि मुख्यमन्त्रीले विश्वासको मतका लागि पत्र दर्ता गरेपछि प्रदेश कमिटीले विपक्षमा मतदान गर्न निर्देशन दिएको थियो । तर एमाले संसदीय दलले पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो ।

बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.