बझाङ: बझाङको बित्थडचिर गाउँपालिका–४ देउलेखमा रहेको देवेश्वरी माविमा विद्यार्थीले अध्ययन सँगै आम्दानी गर्न थालेका छन । १८ महिने कृषि वालि विज्ञान ९जेटिए०मा अध्यनरत विद्यार्थीहरुले अध्ययन सँगै विद्यालयमा तरकारी र च्याउ खेती गरी आम्दानी गर्न थालेका हुन ।
कृषि जेटिएका विद्यार्थीले ५ रोपनी जग्गामा यो बर्ष बेमौसमी तरकारी उत्पादन गरीरहेका छन । बिद्यार्थीहरुले तीन महिनामा झण्डै ५० हजार बराबरको च्याउँ उत्पादन गरेका छन् । उनिहरुले एक सय पोकामा च्याउ राखेका थिए । यस्तै विद्यार्थीहरुले टमाटर, काउली, बन्दा, जुकेनि फर्सी, आलु, प्याज, काक्रा, खुर्सानि लगाएतका तरकारीहरु उत्पादन गरीरहेका छन् ।
उनिहरु जुकेनि फर्सीमात्रै झण्डै ४ क्विन्टल भन्दाबढी उत्पादन गरेका छन् । जसबाट १० हजारबढी आम्दानि गरेका छन् ।
जेटीए अध्यनरत विद्यार्थीहरु च्याउ तथा तरकारी खेतीतर्फ आर्कषण गराईएको कृषि वालि विज्ञान कोर्ष अध्यापक नरेश बिष्टले बताए । ‘दक्ष प्राविधिक निर्माण , पढाईसंगै रोजगारको व्यवस्था गर्ने विद्यालयको उद्देश्य रहेको छ ।’
५ रोपनी जग्गाबाट उत्पादन भएको बस्तु विद्यालयले संकलन गरी, नयाँ मोडालिटी , आधुनिक कृषिमा अवधारणा गर्ने उद्देश्य रहेको बिष्टले बताए। गाउँघरमै कृषिको कक्षा सञ्चालन हुँदा निकै खुसी भएको स्थानीय अम्बा बोहराले धारणा व्यक्त गरे । उनले कृषि बिषय पढ्ने विद्यार्थीहरुमा जागर रहेको भन्दै पढाई संगसंगै कृषि कार्य गरेर उनीहरुले आफ्नो पढाई खर्च स्वयं जुटाउँन सक्ने बताए ।
विद्यार्थीहरुका लागी कृषि कार्य गर्न प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले आर्थिक सहयोग गरेको छ भने प्राविधिक सहयोग बित्थडचिर गाउँपालिका कृषि शाखाले गरेको छ ।गाउँपालिका कृषि शाखा प्रमुख दिपेन्द्र थापाले गाउँपालिकामा दक्ष जनशक्ती उत्पादन गर्न आफुहरु लागी परेको बताए । उनले प्राविधिक शिक्षासंगै दक्ष सिप भएका विद्यार्थी उत्पादन गरी पैसा कमाउन तथा रोजगारीको लागि विदेश धाउन नपर्ने अबस्था सिर्जना गर्नु मुख्य उद्देश्य रहेको बताए ।
कक्षा १ देखि १२ कक्षासम्म शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकायमा अध्यापन हुदै आएको देवेश्वरी मावि प्राविधिक तर्फ मोडिदै छ । “पालिकाभरीका अधिकाँश मान्छेहरु कृषिमा अधारित भएकोले कृषिमा आधुनिकीकरण संगै फस्टाउदो व्यवसाय बनाउँने टेवा पुग्ने गाउँपालिका अध्यक्ष प्रेम बोहराको भनाई छ । ” उनले, कृषि र शैक्षिक क्षेत्रमा आमुल परिर्वतन ल्याउँनको लागि जुनसुकै कदम र आर्थिक रुपमा पालिकाको पहल हुने गाउँपालिकाको कृषियोग्य जग्गामा व्यवसायिक खेती गर्ने र परम्परागत खेतीबाट मुक्त हुने योजनामा आगाडि बढेको बताए ।

