एजेन्सी, २६ जेठ । भारतमा अब प्राइभेट अस्पतालहरुले सशुल्क कोरोना भाइरस भ्याक्सिन लगाउन पाउने भएका छन् ।भारतका नीजि अस्पतालहरुले कोभिशिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक भ्याक्सिन लगाउन पाउने भएका हुन् । यसका लागि भारतको स्वास्थ्य मन्त्रालयले शुल्क पनि तोकिदिएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले तोकेको शुल्कअनुसार भारतमा नीजि अस्पतालमा कोभिशिल्ड भ्याक्सिन ७ सय ८० भारतीय रुपैयाँ रहेको छ भने कोभ्याक्सिन र स्पुतनिक भ्याक्सिनको क्रमश १४१० \ ११४५ भारतीय रुपैयाँ तोकिएको छ ।