धनगढी: धनगढीमा राष्ट्रिय जनमोर्चा निकट युवक संघले विरोध प्रर्दशनसहित पुत्ला दहन गरेको छ । जनमोर्चा निकट युवक संघले धनगढीको राजपुरमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेको हो ।
जनमोर्चा निकट युवक संघले संसद पुर्नस्थापनाको मागसहित नागरिकता अध्यायदेस, र महताले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर कार्वाहीको माग गरेको छ । पुत्ला दहन गर्दा युवक संघ सुदूरपश्चिम प्रदेशका सचिव प्रशान्त थापा लगायत संघका ६ जनालाई राजपुरबाट नियन्त्रणमा लिएको प्रदेश सचिव प्रशान्त थापाले सुदूरपत्रलाई जानकारी दिए ।
उनले पुतला दहन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको बताए । यो प्रहरी दमन भएको उनको ठहर छ ।


