धनगढी: नेपाल युथ फाउन्डेसन तथा ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुकको सहकार्य र समन्वयमा दृष्टि फाउन्डेसनलाई खाधान्न तथा दैनिक उपभोग्यका सामग्री वितरण गरिएको छ।
काङ्ग्रेस नेतृ आरजु राणा देउवाको पहलमा उक्त सामग्री बितरण गरिएको हो। नेतृ देउवा रुडुककी संस्थापक समेत हुन्। रुडुकले नगद २० हजार सहित खाधान्न वितरण गरेको रुडुक कैलालीकी अध्यक्ष ममता शाहले बताइन्। उक्त खाधान्न एक कार्यक्रमका साथ फाउन्डेसनकी व्यवस्थापक कल्पना भट्टले बुझेकी छन्।
कार्यक्रममा रुडुक कैलाली जिल्ला अध्यक्ष ममता शाह, कोषाध्यक्ष प्रमिला लम्साल, सदस्य गिता भन्डारी, सामाजिक अभियन्ता रमेश चन्द लगायतको उपस्थिति रहेको थियो। साथै नेतृ देउवाले थप सहयोग समेत गर्ने प्रतिबद्धता गरेकी छन्।


