• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

रेशम चौधरीलाई छुटाउने पहलप्रति पीडितहरूको आपत्ति

कैलाली: टीकापुर घटनाका मुख्य दोषी ठहर गरिएका रेशम चौधरीलगायतलाई रिहा गर्ने गरी सरकारद्वारा गठित टोली र थारू कल्याणकारी सभारथारुहट र थारुवान संयुक्त संघर्ष समितिका नेताहरूबीच भएको सहमतिप्रति पीडित परिवारले आपत्ति जनाएका छन् ।

उनीहरूले सत्ताका लागि अपराधीलाई छुटाउनु पीडितहरूमाथि ठूलो अन्याय हुने बताएका हुन् । सरकार र थरुहट संघर्ष समितिबीच मंगलबार भएको ६ बुँदे सहमतिको पहिलो बुँदामा टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीलगायत ११ जनाविरुद्ध लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने उल्लेख छ ।

कैलाली जिल्ला अदालत र पुनरावेदन अदालत दिपायलले दोषी ठहर गरेका व्यक्तिलाई राजनीतिक मुद्दाका नाममा रिहाइ गर्नु अपराधीलाई उन्मुक्ति दिनुबाहेक अरू केही नभएको टीकापुर घटनामा मारिएका कञ्चनपुरको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रहरी निरीक्षक केशव बोहराका बुबा प्रेमसिंह बोहराले बताए ।

राजनीतिका नाममा जे पनि गर्न पाइने भन्दै उनले अदालतले समेत दोषी ठहर गरिएकालाई रिहाइ गर्नु पीडितको भावनामाथि खेलवाड हुने बताए । मृतक बोहराकी श्रीमती शारदा बोहराले पटक पटक न्याय माग्दा पनि आफु अन्यायमा परेको बताईन् । उनले यदि दोषीको रिहाइ हुने हो भने आफहरुले कानुनी उपचार खोज्न कहाँ जाने भन्दै प्रश्न गरिन् ।

टीकापुर घटनामै मारिएका प्रहरी निरीक्षक बलराम विष्टका आफन्तले पनि दोषी छाड्ने विषयमा आपत्ति जनाएका छन्। उनीहरूले पीडितको घाउमा महम लगाउनुको साटो झनै पीडा दिने काम गरेको बताएका छन् । २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र १ स्थानीय शिशु आन्दोलनकारीबाट मारिएका थिए ।

 

आइतबार, जेठ २३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.