धनगढी: निषेधाज्ञाका बेला धनगढीमा एक घरमा चोरी भएको छ। गएराति उपमहानगरपालिकाको वडा नम्बर ३ नेश्नल मार्गस्थित मोतिसिंह धामीको घरमा चोरी भएको प्रहरीले जनाएको छ।
घरधनी धामी गत वैशाख १० गतेदेखि काठमाडौं बस्दै आएका र उनको घरबाट ५० हजार नगदसहित गरगहना चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।