किशोर तमाङ्ग/पुनर्वास: पुनर्वास नगरपालिकाले टोलटोलमा स्वास्थ्यकर्मीलाई खटाएर कोरोना परीक्षणलाई निरन्तरता दिईएको छ । कोभिड १९ कोरोना भाइरस फैलिन नदिन यसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहित टोलटोलमा जान नगर प्रमुख जिवनराज थापाले स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिएकन छन।
नगरपालिकाको कोभिड अस्पतालमा रहेको स्वाव संकलन केन्द्रको सम्पर्कमा संक्रमितको लक्षण देखा पर्दा समेत आउन नमाने पछि वडाहरुमै स्वास्थ्यकर्मी सहितको टोली गएर कोरोनाको परीक्षणलाई निरन्तरता दिन लागेको नगरप्रमुख थापाले बताए ।
पुनर्वास नगरपालिकाको टोलटोलमा एन्टिजेन किटमार्फत कोरोना परीक्षण भईरहेको नगर प्रमुख थापाको भनाई छ । उनले नगरका नागरिकलाई ज्वरो आएमा, खोकी लागेमा र कोरोनाका लक्षण जस्ता संकेत देखिएमा तत्काल स्वाव संकलन र एन्टिजेन किटमार्फत परीक्षणका लागि स्थानीय माहिला स्वयम् सेवक, जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको सम्पर्कमा आउन आग्रह गरेका छन ।
यसैक्रममा आज पहिलो दिन पुनर्वास नगरपालिका वडा न ९ बिचफाटा बोडर लाईन का ५६ जना र ख गाउँमा २० जना गरि जम्मा ७६जनाको कोभिड १९ कोरोना एन्टिजेन मार्फत जाँच गरिएको छ। आजको एन्टिजेन जाँचमा ४ जना पोजेटिभ देखिएको स्वास्थ्यकर्मी जनक धामीले जानकारी दिए । यसरीनै बढ्दो गर्मी र मौषम परिवर्तनका कारण टाइफाइड मलेरिया ९औलो० देखा पर्ने सम्भावना रहेकोले आजै औलोको जाँच पनि ७१ जनामा गरिएको थियो । जाँच गरिएका सबैको रिपोर्ट नेगेटिभ देखा पारेको त्रिभुवन स्वास्थ्य चौकीका ल्याव इन्चार्ज धामीले बताए ।
नगर प्रमुख थापाले पुनर्वास नगरपालिकमा कोभिड १९ कोरोना भाइरस फैलिन नदिन वडास्तरमा एन्टिजेन जाँच मार्फत कोभिड १९ प्परिक्षण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिदै कोरोना र अन्य ज्वरो आएका विरामीलाई घरमै औषधीका साथै स्वास्थ्य शिक्षा दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिएको बताए ।
पुनर्वास नगरपालिकाले हप्ताको दुई दिन नगरपालिकाको आस्थाई कोभिड अस्पतालमा स्वाव संकलनको कार्य गरिरहेको मा सो तालिका यथावत् रहने छ। नगरपालिकाले भारतबाट नेपाल भित्रीने नेपालीहरुको एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मी खटाएको छ ।