भाेज मन्नी/धनगढी: कैलालीको गौरीगंगा नगरपालिकामा बसोबास गरेका बिपन्न बर्गका परिवारलाई अन्तर्राष्ट्रिय नेपाली समाज नेपाल शाखाले राहत वितरण गरेकोछ ।
गौरीगंगा नगरपालिका नगरपालिका वडा न ८ चमारीपुर, लिक्मा शिविर र वडा न ५ अण्डैया बिपन्न परिवारका ६८ जना घरपरिवारलाई राहत बितरण गरेको हो । समाजले वडा कार्यालयसँग समन्वय गरि वडा अध्यक्ष तुलाराम सापकोटा, अन्तर्राष्ट्रिय नेपाली समाज नेपालका उपाध्यक्ष राजेन्द्र देवकोटा र मोहन साउदले प्रति घर परिवारलाई १५ किलो चामल,१ पाकेट तेल,१ पाकेट नुन र १ थान साबुन बितरण गरेका हुन् ।
दैनिक छाक टार्न समस्या हुने गरेका बिपन्न बर्गका परिवारलाई केही सहयोग होस भन्ने उद्देश्यले राहत बितरण गरेको समाजका नेपाल शाखाका उपाध्यक्ष राजेन्द्र देवकोटाले जानकारी दिए । दैनिक मजदुरी गरेर गुजारा चलाउदै आएकी गौरीगंगा नगरपालिका वडा न ८ चमारीपुरकी कमलादेबी बिक कोरोना महामारीको कारणले निषेधाज्ञा भएपछि साझ बिहान खान समस्या हुने भएकोले मागेर छाक टार्ने गरेको र राहत पाएपछि केही दिनलाई खान पुग्ने वताइन् ।
