धनगढी: कोरोना भाइरस दोश्रो महामारीमा निषेधाज्ञा भएपछि नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र कैलालीमा रगतको अभाव हुनथालेपछि गौरीगंगा नगरपालिकाको बढैपुरमा युवा तथा महिलाहरुले रक्तदान गरेका छ्न् ।
रगतको आपूर्तिमा कमी भइ विरामीहरूको उपचारमा समस्या भइ अकालमा ज्यान गुमाउन नपरोस भन्ने उश्यले कैलालीको गौरीगंगा नगरपालिकाको बढैपुर बजारमा गौरीगंगा स्पोर्ट्स क्वलले नेपाल रेडक्रस सोसाइटी गौरीगंगा तदर्थ समितिको सहकार्यमा विहिवार बृहत् रक्तदान कार्यक्रम गरेको हो ।
रगत संकलन गर्ने उद्देश्यले गरेको कार्यक्रममा ३९ पिन्ट रगत संकलन गरि रक्त संचार कैलाली दिएको क्लवका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।
समाजसेवी नवराज जोशीकी पत्नी स्वर्गीय भुवनेश्वरीको स्मृतिमा रक्तदान कार्यक्रममा नवराज जोशीको प्रमुख अतिथि रहेको कार्यक्रममा क्लवका अध्यक्ष दिनेश कलेलेको सभापतित्वमा सम्पन्न भएको हो ।कार्यक्रममा राम बहादुर कलेलले महामारीमा पनि रक्तदान अभियान थालनीले विरामीको ज्यान बचाउनमा सहयोग हुने बताए ।