• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा पुनः लम्बियो निषेधाज्ञा, खुकुलो बनाईयो

धनगढी: कैलालीमा जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बैठकले थप ११ दिन निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेसँगै स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो ।

वैशाख १६ गते जारी भएको निषेधाज्ञा पटक पटक थपिँदै आएको छ । स्थानीय प्रशासनले जारी गरेको आदेशअनुसार अत्यावश्यक सेवा बाहेकका अन्य सरकारी कार्यालय, सार्वजनिक संस्थारसंस्थान लगायतका सेवा निषेधाज्ञा अवधिभर बन्द रहनेछन् । मापदण्ड अपनाएर केही समय बैंक खोल्न पाइनेछ भने खाद्यान्नका पसल पनि निश्चित समय र बार अनुसार खोल्न पाइनेछ ।

यस्तो छ आदेश

हाल विश्वभर फैलिइरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण यस जिल्लामा समेत तीब्र रुपमा बढिरहेको हुँदा यसको रोकथाम र नियन्त्रणका निमित्त नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, कोभिड( १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी मिति २०७८ जेष्ठ २१ गते बिहान ०१स्०० बजेदेखि मिति २०७८ जेष्ठ ३१ गते राति १२स्०० बजेसम्म कैलाली जिल्लाभर लागू हुने गरी तपसिल बमोजिमको आदेश जारी गरिएको छ। सदाझैं यस आदेशको पालना गर्नुरगराउनु सम्बन्धित सबै सरकारीरगैरसरकारी संघसंस्था, व्यक्ति, पेशाकर्मी, उद्योगीरव्यवसायी, सञ्‍चारकर्मी तथा आमनागरिकको कर्तव्य हुनेछ। यस आदेशको उल्लंघन भएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ।

१। सर्वसाधारणको आवतजावतको हकमास्(

क। औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्किने।

ख। दुई व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्‍ने।

ग। अनिवार्य रुपले मास्कको प्रयोग गर्ने, पटक(पटक साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने।

२। सभा सम्मेलन तथा नित्य पूजा आदिको हकमा

क। सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकूद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाइने।

ख। खुला स्थानमा मानिसहरु भेलाजम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा महोत्सव, भोज भतेर आदि गर्न(गराउन नपाइने।

ग। विवाह व्रतबन्धको हकमा बढीमा ७ जनासम्म हुने, स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्ने होटल तथा पार्टी प्यालेसमा गर्न नपाउने। यस्ता कार्यक्रममा एउटा मात्र सवारी साधन ९बेहुला(बेहुली समेतले प्रयोग गर्ने गरी० ब्यानरका आधारमा आवतजावत गर्न पाउने।

घ। पुजारीबाट हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक तथा सांस्कृतिक गतिविधिहरु संचालन गर्न नपाइने।

३। शैक्षिक संस्था, कृषि, उद्योग तथा निर्माण कार्यको हकमा

क। शैक्षिक संस्थाहरु ९विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र० संचालन गर्न, गराउन र शैक्षिक परीक्षाहरु संचालन गर्न(गराउन नपाइने।

ख। अत्यावश्यक उद्योग सञ्‍चालन तथा निर्माण कार्यका लागि स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्ने गरी सम्भव भएसम्म कार्यस्थलमा नै श्रमिकरकामदारको आवासीय व्यवस्था गरी सञ्‍चालन गर्ने।

ग। अत्यावश्यक वस्तु, निर्माण सामग्री तथा मलखाद र बीउबिजन ढुवानी गर्दा स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी सञ्‍चालन गर्ने।

घ। नेपाल सरकारबाट जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी कृषि कार्य गर्न सकिने।

४। सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालनको हकमा

क। अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा ९बढीमा २ जना० बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सार्वजनिक एवम् निजी सवारी साधन मिति २०७८र०२र२१ गते बिहान ०१स्०० बजे देखि २०७८र०२र३१ गते राति १२ बजेसम्म जिल्लाभर सञ्‍चालनमा रोक लगाउने।

ख। अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध ९औषधि, अक्सिजन सिलिण्डर०, दूरसञ्‍चार, इन्टरनेट मर्मत, कुरियर तथा डाँक सेवा र फोहोरमैला व्यवस्थापन सम्बन्धी ढुवानी तथा यातायातका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी सञ्‍चालन गर्न पाउने।

ग। तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपंक्षीजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, ईन्धन, खाना पकाउने ग्याँस, सरसफाईमा प्रयोग गरिने मास्करसाबुनरस्यानिटाइजर लगायत ढुवानी गर्ने यातायातका साधनमा व्यानर वा प्रिन्टमा विषय उल्लेख गरी जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्ने गरी न्यूनतम जनशक्ति प्रयोग गरी सञ्‍चालन गर्न पाउने।

घ। भन्सार बिन्दुबाट भ्हष्त ल्यतभ जारी भएका मालवाहक सवारी साधन तथा सम्बन्धित भन्सार प्रमुखले मालसामान छुटाउन भनी आउन जारी रुट खुलाई अनुमति स्वीकृति प्रदान गरेका त्यस्ता मालसामान छुटाउने भन्सार एजेन्ट तथा कर्मचारीलाई अनुमतिमा उल्लेख गरेको दिन र स्थानसम्म आवतजावत गर्न दिने।

ङ। अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान लगायतका कार्यालयहरुको सेवा प्रवाह हाललाई स्थगन गर्ने। बीमा, बैंक तथा वित्तीय सेवाको हकमा बिहान ०७स्०० बजेदेखि दिउसो ११स्०० बजेसम्म मात्र बढीमा ५० प्रतिशत मात्र कर्मचारी राखी जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी सञ्चालन गर्न सकिने। एउटा स्थानीय तहमा दुई वा सो भन्दा बढी शाखा भएको बैंकरवित्तीय संस्थाको हकमा वैकल्पिक रुपमा एउटा मात्र शाखा खोल्न पाउने। बैंकरवित्तीय संस्थाका कर्मचारीहरु नेपाल राष्ट्रबैंक, धनगढीबाट जारी गरिएको पासका आधारमा आवत जावत गर्न पाउने।

च। जनप्रतिनिधि, संवैधानिक निकायका पदाधिकारी तथा सचिव, माननीय न्यायाधीश, मन्त्रालयका सचिव, विभागीय प्रमुखको हकमा परिचय(पत्रका आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने।

छ। बैंक, अन्य सम्पूर्ण वित्तीय संस्थाहरु, इन्टरनेट सेवा प्रदायक संस्था र दूरसञ्‍चार सेवा प्रदायक संस्थाका सवारी साधनको हकमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको पास तथा परिचयपत्रका आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने।

५। अत्यावश्यक खाद्य सामग्री तथा अन्यको हकमा

क। तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर ९ग्रोसरी मात्र० प्रत्येक आइतबार, मंगलबार र विहीबार, र शनिबार बिहान ०७स्०० बजेदेखि विहान १० बजेसम्म मात्र खुला रहन सक्ने।

ख। तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल, डिपार्टमेन्टल स्टोर ९ग्रोसरी मात्र०, सवारी साधन मर्मतका लागि वर्कशपहरुले सामग्री किनबेच गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्ने र स्यानिटाइजरको व्यवस्था गर्ने जस्ता स्वास्थ्यका मापदण्डको कडाईका साथ पालना गर्नुपर्ने। यदि तोकिए बमोजिम स्वास्थ्यका मापदण्डहरु परिपालना नगरेको भेटिएमा पसल बन्द गर्न समेत सकिने।

यस आदेशमा उल्लेख भएदेखि बाहेकका विषयमा नेपाल सरकार मन्त्रिपरिषद्, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यस कार्यालयबाट यसअघि जारी भएका निर्णय, आदेश तथा सूचना बमोजिम हुनेछ।

 

बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.