धनगढी: नेकपा एमालेका बाट प्रतिनिधित्व गर्दै सुदूरपश्चिम प्रदेश सरकार सरकारमा गएका नवनियुक्त मन्त्री तथा राज्यमन्त्री हरुले स्पष्टीकरण नदिने भएका छन् सोमबार सयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै मन्त्रीहरुले पार्टीको जेठ १२ गतेको संसदीय दलको बैठक बाट बिधिवत भएको निर्णय अनुरुप प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्ट लाई समर्थ गर्दै उहाँकै नेतृत्वमा रहेको सरकारमा सामेल भएको बताएका छ्न ।
बिज्ञप्तिमा भनिएको छ मन्त्रीहरुले मिडियामा आएको दलको बिधान उलंघन गरेर सरकारमा सामेल भएको भन्ने समाचारहरुमा कुनै सत्यता नरहेको र हामीले नेकपा एमाले संसदीय दलको बिधान २०७७ को उलंघन नभइ सो अनुकुल स्पष्ट छ । बिधि अनुसार स्पष्टीकरण कसैले नसोधेको र मिडियामा आएका समाचारहरुले दलको निर्णय लाई होच्याउने र अबमुल्यन गर्ने कार्य गल भएको बिज्ञपति मा उल्लेख छ ।
बिज्ञप्तिमा भौतिक पुर्बाधार बिकास मन्त्री दीर्घ सोडारी, सामाजिक बिकास मन्त्री लाल बहादुर खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी ,भौतिक पुर्बाधार राज्यमन्त्री चुनकुमारी चौधरी , मना साउद, अरचना गहतराजले हस्ताक्षर गरेका छन् ।

