काठमाडौं: जनता समाजवादी पार्टी ९जसपा०ले अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई निष्कासन गरेको छ। महन्थ ठाकुर र उपेन्द्र यादव पक्षमा विभाजित जनता समाजवादी पार्टीले केहिदिन यता आपसमा स्पष्टीकरण काट्ने र निस्कासन सम्मको कारबाही गर्दै आएका छन्।
यसै क्रममा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बहुमत कार्यकारिणी समितिको बैठकले उनीहरूलाई निष्कासन गरेको जनाएको हो।
सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए।
चार नेतालाई पार्टीबाट निष्काशन गरेको पत्रसमेत निर्वाचन आयोगमा पठाइसकेको उनले बताए। पार्टीको विवाद बढ्दै गएपछि एक अर्को समूहले दुवै पक्षलाई कारबाहीको चेतावनी सहितको स्पष्टीकरण सोधेको थियो।
