• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

टीकापुर अस्पतालमा अक्सिजन र एचडीयू व्यवस्थापन

धनगढी: टीकापुर अस्पतालमा कोरोना संक्रमित बिरामी निको हुने दर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। रेमकुमार राईले अस्पतालको टिमले संक्रमितको उपचारमा राम्रो भूमिका गरेको र स्थानीयस्तरबाट पनि अक्सिजनको व्यवस्थापनमा सहयोग भएपछि मृत्युदर कम हुँदै गएको बताए ।

‘गम्भीर अवस्थामा बिरामीलाई एचडीयूमा, सामान्यलाई जनरल वार्डमा र कतिपयलाई अब्जरभेसनमा राखेर उपचार थाल्यौं,’ उनले भने, ‘सबैको सहयोगले संक्रमित बिरामी मर्ने संख्यामा कमी आएको छ ।’

संक्रमितको संख्यामा भने अझै कमी नआएको डा. राईले बताए । उनले भने, ‘सामान्य अवस्थाका बिरामी अस्पताल आएका छैनन् । घरमा थेग्न नसक्नेहरू अस्पताल आइरहेका छन् ।’ उनका अनुसार एकै दिन धेरैको संख्यामा मृत्यु भइरहेको थियो ।

वैशाख २६ गते ६ जना र वैशाख २७ गते ८ जनाको मृत्यु भएको थियो । ‘आंशिक रूपमा भए पनि हामीले भेन्टिलेटर सञ्चालनमा ल्यायौं । अहिले मृत्युदर कम भएको छ,’ डा। राईले भने । आइतबार र सोमबार अस्पतालमा एक, एक जना संक्रमितको मृत्यु भएको छ ।
केही दिनअघि अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या र मृत्यु हुने क्रम निकै बढी थियो । बिरामीको अस्पतालको बरन्डामा राखेरसमेत उपचार भइरहेको थियो । ‘स्थिति नियन्त्रणभन्दा करिब बाहिर गइसकेको अवस्था थियो ।

सीमित स्वास्थ्यकर्मीले धान्न मुस्किल भइरहेको थियो,’ डा। राईले भने, ‘त्यसैमाथि अक्सिजनको चरम अभाव भइदियो । तर स्थिति अहिले नियन्त्रणतर्फ अघि बढेको छ । अस्पताल टिमको हिम्मतले काम भइरहेको छ ।’

टीकापुर अस्पतालमा सोमबारको कोरोना संक्रमित तथ्यांकअनुसार एचडीयूमा १२ जना, जनरल वार्डमा १६ जना र अब्जरभेसनमा १३ जना बिरामी उपचाररत रहेका जनाइएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ जना छ ।

अस्पतालमा उपचाररत निको भएर डिस्चार्ज ६५ जना भएका छन् । पछिल्लो २४ घण्टामा निको भएर ६ जना डिस्चार्ज भएका अस्पतालले जनाएको छ । हालसम्म अस्पतालमा संक्रमित ३४ जनाको ज्यान गएको छ ।

 

आइतबार, जेठ १६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.