• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

योजना कटौती गरी अक्सिजन प्लान्ट

बिर्तामोड — झापाको कनकाई नगरपालिकाले बजेट रकमान्तर गरी अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । नगरवासीको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन नगरपालिकाले अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया अघि बढाएको हो ।

नगरपालिकाले दैनिक ५० वटा सिलिन्डर रिफिल गर्न सक्ने क्षमताको प्लान्ट राख्न लागेको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । प्लान्ट स्थापना गर्न करिब २ करोड रुपैयाँ खर्च लाग्ने उनको अनुमान छ । उक्त रकमका लागि नगर प्रमुख पोखरेलले आफ्नो ३ वर्षको पारिश्रमिकबापतको १० लाख रुपैयाँ सहयोग गरेका छन् ।

उक्त रकमको चेक पोखरेलले शनिबार नगर उपप्रमुख मन्जु प्रसाईंलाई हन्तान्तरण गरेका छन् । पोखरेलले नगर प्रमुखबापतको पहिलो वर्षको पारिश्रमिक नगरका मजदुरहरूलाई सहयोग गरेका थिए । ‘विकास निर्माणका काम जति गरियो, गरियो । अब नगरवासीको स्वास्थ्यमा सहयोग पुग्ने किसिमका योजनामा बजेट खर्च गर्नेछौं,’ उनले भने, ‘नगरका सबैजसो सडकमा उच्चस्तरीय ग्राभेल गरिसकेका छौं । कालोपत्र बरु पछि गरौंला । अहिले नागरिकको स्वास्थ्यमै केन्द्रित भएर काम गर्ने निर्णय गरेका छौं ।’

प्लान्ट राख्न नगरले थप नयाँ योजना सञ्चालन नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार भौतिक विकास, शिक्षालगायतका योजना कटौती गरेर बजेट स्वास्थ्यमा खर्च गर्ने गरी निर्णय गरिएको छ । ‘अर्को वर्ष काम गर्दा पनि हुने किसिमका योजनाहरू सबै कटौती गरेका छौं । साना–टुक्रे योजनाहरूमा विनियोजन गरेको बजेट पनि सबै स्वास्थ्यमै खर्च गर्ने गरी निर्णय गरेका छौं,’ उनले भने । प्लान्ट स्थापनाका लागि विभिन्न शीर्षकका बजेट रकमान्तर गरी नगरपालिकाको स्रोतबाट ४० लाख रुपैयाँ जुटाउन लागेको न्यौपानेले बताए ।

नगर प्रमुखको १० लाख, अन्य जनप्रतिनिधि र कर्मचारीसमेतको पारिश्रमिक गरी नगरपालिकातर्फबाट एक करोड रुपैयाँ जुटाउने नगर प्रमुख पोखरेलले बताए । थप एक करोड रुपैयाँ विभिन्न सहयोगी दाताहरूबाट जुटाउने उनको भनाइ छ ।

‘अक्सिजन प्लान्ट राख्दा धेरैले सहयोग गर्ने वचन दिएका छन् । त्यसैले हामीले यो आँट गरेका हौं,’ पोखरेलले भने । प्लान्ट स्थापनामा सहयोग जुटाउन नगर प्रमुख पोखरेलको नेतृत्वमा १३ सदस्यीय सहयोग तथा व्यवस्थापन समिति गठन गरिएको छ । उक्त समितिले नगरभित्र, देश तथा विदेशमा रहेका व्यक्ति एवं संघसंस्थाबाट सहयोगको अपिल गर्ने उनले बताए । उनका अनुसार तीन महिनाभित्र प्लान्ट सञ्चालनमा ल्याइनेछ ।

नगरपालिकासँग २४ वटा अक्सिजन सिलिन्डर छ । कम्तीमा ५० वटा सिलिन्डर पुर्‍याएर अक्सिजन प्लान्ट सञ्चालन गर्ने पोखरेलले बताए । कनकाईमा कोरोना संक्रमणबाट हालसम्म १३ जनाको मृत्यु भएको नगर उपप्रमुख प्रसाईंले जानकारी दिइन । जसमा ३ महिला र १० पुरुष छन् ।

नगरका ५ हजार ३ सय ३२ जनाको पीसीआर परीक्षण गरिएकामा ६ सय ३० जनामा संक्रमण पुष्टि भएको प्रसाईंले बताइन् । उनीहरूमध्ये ३ सय ७९ जना निको भएका छन् । २ सय २९ जना होम आइसोलेसनमा, ६ जना विभिन्न अस्पतालमा र ३ जना नगरले सञ्चालनमा ल्याएको कनकाई आइसोलेसनमा उपचाररत रहेको उनले बताइन् ।

कान्तिपुर बाट साभार

आइतबार, जेठ १६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.