काठमाडौं: नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन खर्च १५ प्रतिशतले वृद्धि भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र०७९ बजेट प्रस्तुत गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गर्ने जानकारी दिएका हुन।
कामचलाउ सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन्।
