धनगढी : धनगढीका निर्माण व्यवसायी चित्रवहादुर कार्कीको कोरोनाबाट मृत्यु भएको छ । निर्माण व्यवसायी संघ कैलालीका साधारण सदस्य कार्कीको उपचारका क्रममा मृत्यु भएको छ ।
शुभकामना कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका कार्कीको शुक्रबार धनगढीमा उपचारका क्रममा मृत्यु भएको निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले जानकारी दिए ।