• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रधानन्यायाधीशले तोके संसद विघटन मुद्दा सुनुवाइ गर्ने संवैधानिक इजलास

काठमाडाैं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटनको मुद्दा सुनुवाइ गर्न आफूसहित पाँच न्यायाधीशको संवैधानिक इजलास तोकेका छन्। राणाले आफूसहित न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र वमकुमार श्रेष्ठको संवैधानिक इजलास गठन गरेका छन्।

१२ न्यायाधीशको रोष्टरबाट उनीहरुलाई दोस्रो पटक भएको प्रतिनिधि सभा विघटनको मुद्दा सुनुवाइ गर्न इजलास तोकिएको हो। संविधानमा  संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित पाँच न्यायाधीश हुने व्यवस्था छ।

जेठ ७ गते मध्यराति प्रतिनिधि सभा विघटन गर्दै निर्वाचनको मिति तोक्ने निर्णय विरुद्ध ३० थान निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन्। ११ वटा निवेदन संवैधानिक इजलासकै लागि दर्ता भएका थिए भने नियमित इजलासमा दर्ता भएका १९ थान निवेदन पनि शुक्रवार संवैधानिक इजलासमै आएका छन्।

त्यस्तै विपक्षी गठवन्धनले प्रतिनिधि सभा सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ सांसदको संयुक्त रिट पनि दर्ता गराएको छ। उक्त रिटमा बहुमत सांसद देउवाको पक्षमा भएकाले तत्काल सपथ गराउन अन्तरिम आदेश जारी गर्न माग गरिएको छ। आज गठन भएको भएको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने बारेमा छलफल गर्नेछ।

सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा देशको राजनीति नयाँ रुपमा अघि बढ्नेछ। अन्तरिम आदेश जारी नगरेमा समय तोकेर वहस गराउन सक्नेछ। विपक्षीहरुसँग लिखित जवाफ मगाउँदै सर्वोच्चले निरन्तर हेर्दाहेर्दैमा राखेर यो विवाद अन्त्य गर्न सक्नेछ ।

यसअघि पुस ५ गते भएको विघटनको मुद्दामा पनि निरन्तर सुनुवाइ गर्दै सर्वोच्चले फागुन ११ मा फैसला सुनाएको थियो। यसरी पुन:स्थापना भएको प्रतिनिधि सभा तीन महिनामा फेरि विघटन भएपछि यो विषय फेरि सर्वोच्चमै आइपुगेको हो।

शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.