• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘चित्तबुझ्दो जवाफ नआए सुदूरपश्चिमका तीन मन्त्रीलाई एमालेबाट हटाइन्छ´

धनगढी : स्थायी कमिटीको निर्णय र सुदूरपश्‍चिम प्रदेश कमिटीको निर्देशन विपरीत सुदूरपश्चिमको संसदीय दलले निर्णय गरेपछि नेकपा एमालेमा झन् विवाद बढेको छ । सोमबार स्थायी कमिटीको बैठकले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र एमालेको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णयलाई टेक्दै मंगलबार एमालेको प्रदेश कमिटीले सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातारणमन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई फिर्ता हुन निर्देशन दिएको थियो । उक्त निर्देशनपछि बुधबार बसेको एमाले संसदीय दलको बैठकले स्थायी कमिटीको निर्णय र प्रदेश कमिटीको निर्देशनलाई चुनौती दिँदै माओवादी केन्द्र नेतृत्वकै सरकारलाई समर्थन यथावत राख्ने निर्णय गरेको थियो । स्थायी कमिटीको निर्णय र प्रदेश कमिटीको निर्देशन विपरीत संसदीय दलले निर्णय गरेपछि तीन जना मन्त्रीलाई प्रदेश कमिटीले २४ घण्टे स्पष्टीकरण सोधेको छ । नेकपा एमाले सुदूरपश्चिमका अध्यक्ष कर्ण थापासंग गरेको कुराकानीको सम्पादित अंश :

एमाले सुदूरपश्चिमको संसदीय दलले स्थायी कमिटीको निर्णय र प्रदेश कमिटीको निर्देशन विपरीत निर्णय गर्‍यो । अब चित्त बुझ्दो स्पष्टीकरण आउने विश्वास छ ? 

स्पष्टीकरणका विषयमा अहिले नै पूर्वानुमान गर्ने समय आएको छैन । सूर्य चिन्हबाट चुनाव लडेर विजयी भएका सासंद अहिले पनि एमालेमै छन् भन्‍ने विश्वास मेरो हो । अब उनीहरूको एमालेमा बस्‍ने मन नै छैन भने भन्‍न सकिँदैन । एमालेकै राजनीति गर्नुछ भने अवश्य पनि स्पष्टीकरणको जवाफ चित्त बुझ्दो आउँछ होला ।

स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नआए ? 

तीनै जना मन्त्रीबाट चित्त बुझ्दो जवाफ नआए उनीहरूलाई नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी कारबाही हुन्छ । यो पार्टी शुद्धिकरणका लागि पनि अपरिहार्य हुनेछ । पार्टीको निर्णय नमान्‍ने, केन्द्रका बर्खिलाफ निर्णय गर्नेहरूका लागि पनि सिकाइ हुनेछ ।

स्थायी कमिटी र प्रदेश कमिटीले तीन जना मन्त्रीलाई फिर्ता बोलाउँदै छ । तर एमाले संसदीय दल त मन्त्रिमण्डल विस्तारका लागि सूची बनाउन केन्द्रित छ, होइन ? 

मैले पहिले पनि भनिसकेँ, पार्टीको निर्णय नमान्‍ने, विधान नमान्‍ने र निति नमान्‍ने व्यक्ति एमालेका सदस्य रहँदैनन् । उनीहरू निष्कासित हुन्छन् । स्थायी र प्रदेश कमिटीले उनीहरूलाई फिर्ता हुन निर्देशन दिइसकेको अवस्थामा त्यसविरुद्ध उनीहरूले मोर्चाबन्दी गरे पार्टीलाई भन्दा उनीहरूलाई नै घाटा हुन्छ । जहाँसम्म मन्त्रिमण्डल विस्तारको कुरा भन्‍नुभएको छ, विगतदेखि नै तीन जना मन्त्रीले सरकारमा रहेर प्रभावकारी काम गर्न नसकेको यतार्थ हो । उनीहरूको नाम विभिन्‍न भ्रष्टाचारमा पनि जोडिएको थियो । त्यसैमा पार्टीलाई विभाजनतर्फ उन्मुख गराउन केन्द्रित भएका छन् । त्यसको सजाय उनीहरूले पाउँछन् ।

माओवादी नेतृत्वको सरकारमा रहेका एमालेका मन्त्रीलाई फिर्ता बोलाउनुको खास कारण के हो ? 

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो पार्टी नेकपा एमाले हो । ५२ सदस्यीय प्रदेशसभामा एमालेका मात्रै २५ सासंद छन् । यस्तो अवस्थामा माओवादीले नेतृत्व गरेको प्रदेश सरकारमा बस्नुको औचित्य रहेन । त्यसैमा प्रदेश सरकारले जनताको अपेक्षाअनुसार केही पनि काम गर्न नसकेको अवस्था छ । त्यसैले एमालेकै नेतृत्वमा सरकार बनाउनका लागि हामीले समर्थन फिर्ता लिने र आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेका हौँ ।

तीन जना मन्त्रीले कारबाही भोग्‍न तयार तर सरकारबाट फिर्ता हुन अस्वीकार गरेपछि कसरी बन्छ एमालेको नेतृत्वमा नयाँ सरकार ? 

त्यस्तो अवस्था आएपछि पनि एमालेकै नेतृत्वमा सरकार बनाउने एजेण्डामा हामी अगाडि बढ्छौ । तीन जना मन्त्रीलाई कारबाही गर्छाै र त्यसपछिको अंकगणित कस्तो हुन्छ, त्यसले महत्व राख्छ । एमाले पार्टीमै बस्न चाहने संसदीय दलका सदस्य कति हुन्छन् ? र कुन पार्टीसँग सत्ता साझेदारी गर्न सकिन्छ भन्‍ने विषयमा हामी केन्द्रित हुन्छौ । जसरी पनि एमालेको नेतृत्वमा सरकार गठन गरेर प्रदेश सरकारलाई गतिशिल बनाउने हाम्रो उद्येश्य हो ।

इकागज बाट साभार

शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.