काठमाडौँ : भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणदर घटिरहेको छ । वर्ल्डो मिटरको आँकडा अनुसार भारतमा नयाँ संक्रमितको संख्या २ लाखभन्दा कम भएको हो ।
यस अवधिमा भारतमा एक लाख ७९ हजार ७७० संक्रमित थपिएका छन् भने ३ हजार ५५८ संक्रमितको मृत्यु भएको छ ।
यसैगरी भारतमा २४ घण्टामा २ लाख ६४ हजार ३१२ संक्रमित निको भएका छन् भने अमेरिकामा ३९ हजार ६११ संक्रमित निको भएका छन् । अमेरिकामा २४ घण्टामा २४ हजार ८७ नयाँ संक्रमित थपिएका छन् भने ६३० जनाको मृत्यु भएको छ ।
त्यस्तै, ब्राजिलमा ५५ हजार ७२२ नयाँ संक्रमित, २ हजार १३० जनाको मृत्यु र ५२ हजार ३०५ संक्रमित निको भएका छन् ।
