धनगढी: सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख नेपाली काँग्रेसका नेता मोहनराज मल्लको निधनमा प्रेस युनियन कैलालीले शोक व्यक्त गरेको छ। नेपाल प्रेस युनियन कैलालीले धनगढीमा स्वर्गीय नेता मल्लको निधनमा एक कार्यक्रमका बिच शोक व्यक्त गरेको हो। युनियनले मल्लको सम्झनामा मौन धारण समेत गरेको थियो ।
उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्त, धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड, बरिष्ठ पत्रकार करुणाकर पाण्डे तथा नेपाल प्रेस युनियमा आबद्ध पत्रकारहरु सहभागी थिए।
लामो समय देखी निमोनियाको उपचार गराइरहेका सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको काठमाडौ स्थित निदान अस्पतालमा उपचाररत मल्लको बिहीवार निधन भएको थियो । चार दशक बढी लामो समयदेखि भन्दा कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै का नेपाली कांग्रेसका महासमिति सदस्य भएका थिए ।
२०३७ देखि २०४६ सम्म राष्ट्रिय पंचायतका सदस्य भएका मल्ल २१ वर्षको उमेरबाट राजनीतिमा लागेका थिए । मल्ल २०२८ सालमा डोटीको बोगटान अन्तर्गत पण्डौन गाउँ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष , २०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहाकार र त्रिभुवन विश्व विद्यालयको सभासद भएका थिए ।
पञ्चायत र पछिका दिनामा राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभा अघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कैलालीको भजनी नगरपालिका–१ भजनीमा जन्मेका मल्ल त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नात्तोकोत्तर गरेका थिए । प्रथम श्रेणीमा स्तात्तोकोत गरेका मल्ल महेन्द्र भूषण पदक पाएका थिए ।
बिद्यालय, प्रमाणपत्र र स्नातक तह सम्मको अध्ययन भारतको लखनउबाट पुरा गरेका थिए । मल्लका एक छोरा र एक छोरी रहेका छन ।