धनगढी: नेपाल प्रेस युनियनको ३१औँ स्थापना दिवस केलालीको धनगढीमा पनि मनाइएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै प्रेस युनियन कैलालीको आयोजनामा शुभकामना आदनप्रदानको कार्यक्रम गरिएको हो ।
प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको अध्यक्षमा आजोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद डिल्लिराज पन्त, धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वड लगाएतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै सांसद डिल्लिराज पन्तले ३१ औँ स्थापनाको अवसरमा शुभकामना व्यक्त गरे । सांसद पन्तले सम्पुर्ण पत्रकारहरुलाई माहामारीका समयमा सुरक्षित रहन समेत आग्रह गरे ।
त्यस्तै धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले पनि दिवशको शुभकामना दिए । त्यस्तै स्थापना दिवशको अवसरमा शुभकामना दिँदै प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले सम्पुर्ण पत्रकारलाई सुरक्षित भएर काम गर्न आग्रह गरे ।
यस्तै प्रेस युनियन कैलाली मार्फत कांग्रेस नेतृ आरजु राणा देउवाको सहयोगमा उपलब्ध स्वास्थ्य सामग्री समेत वितरण गरिएको थियो । थप जिल्लाभरका पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिने प्रेस युनियनका अध्यक्ष देउवाले बताए ।
