• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

बैतडीमा १४ दिनपछि पुनः पिसिआर गरे एक हजार लाग्‍ने

बैतडी: जिल्ला अस्पताल बैतडीले कोरोनाको पुनः परीक्षण गर्दा शुल्क लाग्ने जनाएको छ। कोरोना पुष्टि भएको १४ दिनसम्म आइसोलेसनमा बसेकाहरुले पिसिआर परीक्षण गराउन आवश्यक नरहेको जनाउँदै कसैले स्वेच्छिक रुपमा पुनः परीक्षण गरेमा एक हजार शुल्क लाग्ने भएको हो। स्वेच्छिक रुपमा पुनः परीक्षण गर्नचाहेमा सरकारी प्रयोगशालाहरुको लागि नेपाल सरकारले तोकेको न्यूनतम एक हजारको शुल्क तिरेर मात्र परीक्षण गराउनुपर्ने बताइएको छ।

फलोअप केसका कारण नयाँ बिरामीको कोरोना परीक्षणमा समस्या भईरहेको र पिसिआर रिएजेन्ट समेत अनावश्यक खर्च भएकाले कोरोनाको पुनः परीक्षणमा शुल्क लगाइएको अस्पतालका प्रमुख डा। वसन्तराज जोशीले बताए। कोरोना संक्रमण भएको १४ दिन सम्म लक्षण भएकाहरुले थप ३ दिन आइसोलेसनमा बस्नुपर्ने र त्यसपछि कोरोना परीक्षण आवश्यक नरहेको डा। जोशीको भनाइ छ।

उनले भने, ‘१४ दिनपछि लक्षण नभएमा कोरोना पुनः परीक्षण आवश्यक छैन। कोरोना पुष्टि भएको १४ दिनसम्म आइसोलेसनमा बस्ने र कुनै लक्षण नभएमा कोरोना निको भएको मान्नुपर्छ। यदि १४ दिनसम्म पनि लक्षण भएमा थप ३ दिन आइसोलेसनमा बस्नुपर्छ।’

पछिल्लो समय नयाँ बिरामीभन्दा पनि पुनः परिक्षण गर्ने बिरामीको संख्या धेरै हुन थालेकाको र यसले नयाँ बिरामीको पीसीआर गर्न समेत समस्या हुने गरेको अस्पतालले जनाएको छ।

कोरोनाको लक्षण भएका तथा कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको भने निशुल्क रुपमा कोरोना परीक्षण हुने जिल्ला अस्पतालले जनाएको छ।

लक्षण नदेखिएका संक्रमितले १४ दिनपछि सामान्य व्यक्ति सरह स्वास्थ्यका मापदण्ड पालना गरि नियमित कामकाजसमेत गर्न सक्ने तर लक्षण देखिएकाको हकमा भने यो लागू नहुने जनाइएको छ।

बैतडीमा हाल कोरोनाका ७ सय सक्रिय संक्रमित रहेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ।

 

बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.