काठमाडौँ : नेकपा एमालेका नेता गोकर्ण विष्टले २०७५ जेठ २ मा फर्किए अझै पनि एमाले एकता जोगिने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विष्टले पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म पनि इमान्दार प्रयत्न गर्ने बताएका छन्।
उनले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर मात्रै एकता जोगिने दाबी गरेका छन्।
उनले आफू अझै पनि पार्टी एकताको पक्षमा रहेको भन्दै जेठ २ को बटमलाइन अघि सारेका हुन्।
