काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमी भनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेका छन् । शनिबार दिउँसो बुद्धिवहादुर रायमाझीको १६ वर्षे जेलजीवनुबारे लेखिएको पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले सभापति देउवाप्रति आक्रोश व्यक्त गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दलका सभापति देउवाले शनिबार जारी गरेको औपचारिक विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भनिएकोमा ओलीले आपत्ति जनाएका हुन् । सम्मानित पदमा पुगेको जनताका छोराछोरीलाई सम्मान गर्नुहुन्न भन्ने हामीलाई परेको छ । अरूको त के कुरा नेपाली कांग्रेसका सभापतिले पनि त्यो गरिमा राख्न चाहनुभएन । राष्ट्रपतिलाई यसो गरिन् भनेर लेखिएको छ,’ ओलीले भने,‘यसबाट थाहा हुन्छ गणतन्त्रलाई खुइल्याउने षडयन्त्र कहाँसम्म पुगेको रहेछ।’
देउवाले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १४९ जनाको हस्ताक्षरसहित दाबी गरे पनि प्रधानमन्त्री नियुक्त नगरेको तर प्रतिनिधि सभा विघटन गरिदिएको भन्दै विज्ञप्ति निकालेका थिए।