काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको भाग्य र भविष्यमाथि खेलबाड गरेको टिप्पणी गरेका छन् । प्रधामन्त्री र राष्टपतिले संविधान नै ध्वस्त पार्ने काम भएको उनको भनाई छ । उनले प्रतिकुल समयमा संसद् भंग गर्ने काम गरिएको भन्दै आपत्ति जनाए ।
उनले संसद विघटन गरेर चुनाव घोषणा गरेको विषयमा पार्टीले कानूनी लडाई र राजनीतिक लडाई लड्ने बताए । देशको अवस्था अत्यन्तै खराब रहेको र कोरोना महामारीले जनता आघातमा रहेको सुनाउँदै यस्तो बेलामा चुनाव गर्न खोज्नु गलत उद्देश्य रहेको उनको भनाई छ ।
