सोही ठाउँ बस्ने ४०वर्षीय बिष्णु ऋषिदेवलाई धारिलो हतियारले काटी मारेको भन्ने प्राप्त सूचनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानको क्रममा घटनमा राईको संलग्नता रहेको खुल्न आएपछि घरबाटै राईलाई पक्राउ गरिएको हो । घटनामा प्रयोग भएको दाउ राईको भान्सा कोठाबाट बरामद भएको छ ।
राई उपर मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
