• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपालको लागि बेलायतका नेपालीद्वारा दुई करोड २० लाख संकलन

लन्डन : नेपालमा तीव्र रुपमा बढ्दै गएको कोभिड९१९ को संकट समाधानको लागि आपतकालीन सहयोग स्वरूप बेलायतवासी नेपालीहरूद्वारा एक साता पनि नपुग्दै दुई करोड बीस लाख रुपैयाँको प्रतिवद्धता प्राप्त भएको छ । गत मे १५, मा बेलायतका लागी नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्य र उप नियोग प्रमुख श्रीमती रोशन खनाल समेतको विशेष उपस्थितिमा एनआरएन यूकेको संयोजन एवं बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, संरक्षक परिषद, आइसीसी सदस्यहरु तथा पदाधिकारीहरूको बृहत बैठक सम्पन्न भएको थियो ।

सो बैठकले ‘अक्सिजन पठाऔँ – नेपालीको ज्यान बचाऔँ’ अभियान अन्तर्गत एक संस्था – न्यूनतम एक अक्सिजन कन्सन्ट्रेटर अभियान सञ्चालन गरेको थियो । प्रति अक्सिजन कन्सन्ट्रेटरको लागि करिब ७०० पाउन्डका दरले सहयोग रकम संकलन गरिएको हो । विभिन्न संघसंस्था तथा व्यक्तिगत पहलमा समेत निरन्तर सहयोग संकलन भैरहेको एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए । छैटौं दिनसम्ममा १९१ थान अक्सिजन कन्सन्ट्रेटरको लागि एक लाख ३३ हजार ७०० पाउण्ड अर्थात करिब दुई करोड बीस लाख रुपैयाँ बराबरको प्रतिवद्धता आइसकेको पनि भट्टराईले बताए ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले मातृभूमिमा परेको संकटको बेला सक्दो सहयोग गर्न सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई अपिल गरेकी छन् । अभियानको छैटौं दिन पनि उत्साहजनक रुपमा सहयोगहरु प्राप्त भैरहेको आइसीसी सदस्य रामशरण सिम्खडाले रातोपाटीलाई बताए । बेलायतबाट कम्तिमा पनि दुई करोड ५० लाख बराबरको सहयोग हुने उनको आंकलन छ । ‘छोटो समयमा नै विभिन्न संघसंस्था र व्यक्तिगत पहलमा भएको यो उत्साहजनक सहयोगबाट बेलायतवासी नेपालीको मातृभूमि प्रति कत्तिको मोह छ भन्ने स्पष्ट हुन्छ’ सिम्खडाले भने ।

करिब एक सय वटा संघसंस्था तथा दुई दर्जन बढी व्यक्तिहरुले प्रतिवद्धता व्यक्त गरिसकेका छन् भने यो क्रम अझै जारी छ । जीवन रक्षाको पहिलो प्राथमिकता नै अक्सिजन कन्सन्ट्रेटर भएको र नेपालमा अक्सिजनका कारण कयौंको ज्यान गइरहेको हुँदा अक्सिजन कन्सन्ट्रेटर नै सहयोग गर्ने योजना अनुरुप काम अघि बढिरहेको हो । अबको केहि दिन भित्र नै कम्तिमा पनि १५० थान अक्सिजन कन्सन्ट्रेटर मसिन नेपालको अति प्रभावित क्षेत्रमा पुर्याइने एनआरएनए यूकेले जानकारी दिएको छ । राजदूत लोकदर्शन रेग्मीको प्रत्यक्ष निगरानीमा प्रक्रियालाई तीव्रताका साथ अघि बढाइएको छ ।

नेपाल सरकारले अख्तियारी गरेको एकद्वार प्रणाली मार्फत भन्सार तथा कर छुट लगायत निशुल्क ढुवानीको ब्यवस्था मिलाई न्यूनतम १५० थान यहि मे २८ तारिख भित्र नेपाल पठाउने प्रकृयालाई तीव्रता दिइएको छ । नेपालमा परेको संकटमा विदेशमा बस्ने नेपालीको योगदान उल्लेखनीय रहँदै आएको छ । आफ्नो गाँस काटेर भएपनि मातृभूमिको पीडामा मलम लगाउन संसार भरिका नेपालीहरु एक भएर लागि परेका छन् । जसको लागि गैरआवासीय नेपाली संघले खेलेको भूमिका अत्यन्त सह्रानिय छ । विदेशमा अलपत्र परेका नेपालीको उद्धार देखि लिएर नेपालमा स्वास्थ्य सामग्री पुर्याउने काममा समेत एनआरएनए ले उत्तिकै भूमिका निर्वाह गर्दै आइरहेको छ ।

कोरोना महामारीका कारण आक्रान्त बनेको नेपालको आन्तरिक स्रोत र साधन पर्याप्त नभएपछि विदेशी मुलुकले सहयोग कार्य शुरु गरेका छन् । बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्डस्मा नेपाललाई कोभिडविरुद्ध सहयोगबारे बिहीबार दिउसो १२।४० देखि करिब ११ मिनेटसम्म वहस चलेको थियो । विगत दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटेनको हरेक द्धन्द्ध र संकटमा बहादुर नेपालीले लडेर आफ्नो ज्यानको आहुति दिएका स्मरण गर्दै नेपाल सरकारले २० लाख खोप उपलब्ध गराउन ब्रिटेनसँग गरेको आग्रहबारे लर्ड ल्याङ्कास्टर अफ किम्बोल्टनले जिज्ञासा राखेका थिए । प्रतिउत्तरमा बेलायती विदेश मन्त्रालयका तर्फबाट लर्ड अहमद अफ विम्बल्डनले ब्रिटेनले कोभ्याक्स अन्तर्गत तीन लाख ४८ हजार डोज नेपालमा डेलिभरी भइसकेको सदनलाई जानकारी पनि गराएका थिए । रातोपाटी बाट साभार

शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.