काठमाडौँ: नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राष्ट्रिय सभा निर्वाचनमा रामबहादुर थापा पराजित भएपछि एमालेकै माधवकुमार नेपाल पक्षसँग आक्रोश पोखेका छन् । बाँस्कोटाले ट्वीटरमा नेपाल समूहलाई इंगिक गर्दै दुख ख्वाएर पालेको साँपले डसेको बताएका हुन् ।
‘दुध ख्वाएर पालेका साँपले डसेका हुन् । विपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन नयाँ सुरुआत मात्र’ उनले लेखेका छन् ।
आज भएको बागमती प्रदेश अन्तर्गतको राष्ट्रिय सभा निर्वाचनमा एमालेका उमेदवार थापालाई एमालेकै माधवकुमार नेपाल पक्षसहित नेपाली कांग्रेस, माओवादी केन्द्रका साझा उमेदवार डा. खिमलाल देवकोटाले पराजित गरे ।
दुध ख्वाएर पालेका साँपले डसेका हुन।बिपक्षीसँग कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुआत मात्र।
— Gokul Prasad Baskota (@GokulPBaskota) May 20, 2021