धनगढी, ३ जेठ/ धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न दुबई जोशी दम्पतीले दश हजार आर्थिक सहयोग गरेका छन् । सोमबार नेपाली जन सम्पर्क समिति युएई ९दुबई०का क्षत्रिय सभापति धनगढी–४ निबासी डम्बर राज जोशी तथा उहाँकि धर्मपत्नी पार्बती जोशी धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि उनले दश हजार आर्थिक सहयोग रकम जम्मा गरेका हुन् ।
जोशी दम्पतीले धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि आफ्नो सानो रकमले पनि केही सहज होस् भन्दै उनले सो रकम उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा जम्मा गरेका हुन् । यस्तो महाबिपत्तीमा सबैलाई आफ्नो क्षेत्रमा सहयोगका लागि एक जुट हुन समेत जोशी दम्पतीले आह्वान गरेका छन् ।
