धनगढी, ३ जेठ/कैलालीको गौरीगंगा नगरपालिकामा ३ सय ७० क्यूफीट सालको गोलिया फेला परेको छ।सब–डिभिजन वन कार्यालय बडैपुरका अनुसार नगरपालिकाको वडा नम्बर ७ कम्दामा झण्डै बेवारिसे अवस्थामा रहेको झन्डै चार लाख मुल्य बराबरको सालका गोलिया फेला परेको हो।
शनिबार फेला परेको ३ सय ७० क्यूफीट सालका गोलिया डिभिजन वन कार्यालय धनगढी ल्याइएको सब–डिभिजन वन कार्यालय बढैपुरका प्रमुख चन्द्र भण्डारीले बताए।काठ तस्करीको हुन सक्ने अनुमान गरिएको छ। अहिले निषेधाज्ञाको मौका छोपी बिभिन्न स्थनमा काठ चोरीका घाटनामा बृद्धी आएका छन् ।
तस्करका बारेमा भने वन कर्मचारी अनभिज्ञ छन्। सो बिषयमा अनुसन्धान थालिएको वन कार्यालयले बताएको छ।
