एजेन्सी । इटालियन ओपन टेनिसको उपाधिका लागि नोभाक जोकोभिच र राफायल नाडाल भिड्ने भएका छन् ।शनिबार भएको सेमिफाइनलमा जित निकाल्दै जोकोभिच र नाडालले फाइनल भिडन्त पक्का गरेका हुन् ।विश्व नम्बर एक सर्बियन जोकोभिचले सेमिफाइनलमा इटालीका लोरेन्जो सोनेगोलाई पराजित गरे ।
जोकोभिचले लोरेन्जोमाथि ६-३,६-७ ९५-७० र ६-२ को सेटमा जित निकाले ।यस्तै विश्व नम्बर दुई नाडालले अमेरिकाका रेइली ओपेल्कालाई हराए ।स्पेनिस नाडालले ओपेल्कामाथि ६-४ र ६-२ को सेटमा जित निकाले । महिलातर्फको फाइनलमा कारोलिना प्लिस्कोभा र इगा स्वटेकबीच खेल हुनेछ ।