• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

खुकुरी नेपाल सुपर लिगको धनगढी उपबिजेता

काठमाडौं २ बैशाख/लिग चरण र प्ले अफमा भोगेको हारको बदला लिदै काठमाडौं रेजर्स पहिलो फ्रेन्चाइज फुटबल लिग खुकुरी नेपाल सुपर लिग एनएसएलको पहिलो सिजनको च्याम्पियन बनेको छ । धनगढी उपबिजेता बनेको छ ।

काठमाडौंले धनगढीलाई १–० ले हराउँदै च्याम्पियन बनेको हो । काठमाडौंलाई च्याम्पियन बनाउन पहिलो हाफमा विदेशी खेलाडी मेसौके ओलुमोउले गरेको गोल नै निर्णयक बन्यो । उनले खेलको २१औं मिनेटमा गोल गरेका थिए । काठमाडौं लिग चरणमा ३–० ले तथा तथा प्ले अफमा अतिरिक्त समयमा २–१ ले पराजित भएको थियो । धनगढीले जितो लयलाई निरन्तरता दिन नसक्दा उपाधिबाट वञ्चित बन्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा काठमाडौंले पहिलो हाफमा १–० को अग्रता लिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो पोस्ट प्रहारमा काठमाडौंले गोल गर्दै अग्रता लिएको हो । विशाल राईबाट बल खोस्दै विश्वास श्रेष्ठले दिएको पासमा मेसौके ओलुमोउले २१औं मिनेटमा उत्कृष्ट फिनिस गरेका हुन् । जारी लिगमा उनको यो आठौं गोल हो । २१ मिनेटसम्मको पहिलो मुभमा नै काठमाडौंले गोल गर्न सफल भएका हुन् ।

२८औं मिनेटमा स्टेफन विनोङ समिरको फ्रिकिक पहिलो बारबाट थोरै बाहिरिदा काठमाडौं अग्रता दोब्बर पार्नबाट चुक्यो । ३९औं मिनेटमा बुद्ध बल तामाङले हेडमार्फत मिलाइदिएको पासमा रुपेश केसीको प्रहार फितलो बन्दा धनगढी बराबरीबाट चुक्यो । ४५औं मिनेटमा तेज तामाङको पासमा मेसौके ओलुमोउले अशोक खवासलाई बिट गर्दै गरेको प्रहार आकासिदा काठमाडौं अग्रता लिनबाट चुक्यो । उनले सुदिल राई खाली रहेको अवस्थामा पास नदिई आँफै प्रहार गरेका थिए ।

४६औं मिनेटमा निशान खड्काको क्रसलाई गोलरक्षक विकेश कुथुले नियन्त्रणमा नसकेको बललाई बुद्ध बल तामाङले प्रहार गरेपनि ढिला हुदा उनको प्रहार फ्लोरेन्ट कोरालाई लाग्दै फर्किदा धनगढी बराबरीबाट चुक्यो । ५१औं मिनेटमा निशान खड्काको कर्नरमा पुजन उपरकोटीले सुवर्ण अवसर खेर फाल्यो ।

५५औं मिनेटमा अशोक खवासले पोस्टमै गरेको प्रहारलाई गोलरक्षक विकेश कुथुले पञ्च गर्दै बचाउँदा धनगढी चुकचुकायो । ६५औं मिनेटमा विश्वास श्रेष्ठकै पासमा स्टेफन विनोङ समिरले फ्रान्कलिन कुटे टाल्लालाई बिट गर्दै गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले डाइभ दिदै बचाए । ७४औं मिनेटमा मेसौके ओलुमोउको फ्रिकिक क्रसबारमा लागेर फर्कदा काठमाडौंले अग्रता दोब्बर पार्न सकेन ।

८९औं मिनेटमा स्टेफन विनोङ समिरले दिनेश राजवंशीलाई बिट गर्दै गरेको प्रहार गोलरक्षक किरणले मुस्किलले बचाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा स्टेफन समिरले मैदानको मध्यभागबाट गरेको प्रहार सदुपयोग हुन सकेन । अन्तिम समयमा गोलरक्षक किराण चेम्जोङ अगाढि बढेर खेलेको थियो ।

काठमाडौंका राजन गुरुङ खेलको इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैया र निभियाबाट आकर्षक उपहार प्राप्त गरे । काठमाडौंकै फ्लोरेन्ट कोरा प्लेयर अफदि म्याच घोषित भए । उनले २५ हजार रुपैयाँसहित ट्रफी हात पारे ।

उपाधिसँगै काठमाडौंले ३५ लाख रुपैयाँसहित शिल्ड हात पारेको छ । दोस्रो भएको धनगढीले १५ लाख रुपैया प्राप्त ग¥यो । । विजयी टोली तथा खेलाडीलाई एनएसएलका प्रमुख अश्रेयता कार्की चौधरी, राष्ट्रिय खेलकुद परिषद ९राखेप० का सदस्यसचिव रमेश कुमार सिलवाल, चौधरी ग्रुपका प्रमुख विनोद चौधरी, एनएसएलका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सुदिप शर्मा, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर र राखेप सदस्य हरि खड्का र सुभाष श्रेष्ठ लगायतले पुरस्कृत गरे ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा ११ बैशाखबाट शुरु भएको एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको थियो ।

राउण्ड रोबिन लिगपछि शीर्ष चार टोलीले प्ले अफ खेल्दै फाइनलसम्म स्थान बनाएको थियो । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले सहभागिता रहेको थियो ।

आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.