एजेन्सी । लेष्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ ।शनिबार राति भएको फाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो ।क्लब स्थापनाको १ सय ३७ वर्षे इतिहासमा लेष्टरले पहिलो पटक एफए कप जितेको हो ।
यस अघि लेष्टर चार पटक फाइनलमा पराजित भएको थियो ।वेम्बली स्टेडियममा लेष्टरलाई जित दिलाउन युरी टियलमेन्सले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा युरीले उत्कृष्ट गोल गरेका थिए । जुन गोल लेष्टरको जितमा प्रयाप्त रह्यो ।
यस्तै खेलको ८९ औं मिनेटमा चेल्सीका बेल चिलवेलले गोल गरेका थिए ।तर, भीएआर प्रविधिमा अफसाइड देखिदा उनको गोलले मान्यता पाएँन । हारसँगै चेल्सीको भने नवौं पटक उपाधि जित्ने सपना विफल भएको छ ।