• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपाल सुपर लिगको फाइनल आज : काठमाडौं र धनगढी भिड्दै

काठमाडौं : नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग एनएसएलको आज फाइनल खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साढे ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दै छन्। प्रतियोगिताको लिग चरणमा काठमाडौं शीर्षस्थानमा र धनगढी दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए।

त्यस्तै प्लेअफमा काठमाडौंलाई हराउँदै धनगढी सोझै फाइनलमा पुगेको थियो भने काठमाडौंले दोस्रो प्लेअफ खेल्दै ललितपुरलाई हराएर फाइनलको यात्रा तय गरेको थियो। जारी प्रतियोगितामा काठमाडौं र धनगढी तेस्रो पटक आमनेसामने हुँदैछन्। फाइनल खेलको प्रिम्याच कन्फ्रेन्समा धनगढीका कप्तान किरण चेम्जोङले यसअघि पनि काठमाडौंसँग खेलेर जितिसकेको भए पनि प्रतिस्पर्धीलाई कमजोर नआक्ने जनाउँदै फाइनलमा आफ्नोतर्फबाट शतप्रतिशत दिने बताएका थिए।

त्यस्तै काठमाडौका कप्तान विकेश कुथुले यसअघिका हारबाट पाठ सिक्दै फाइनलमा राम्रो गर्ने बताए। उनले सबै खेलाडीहरु उत्साही रहेको भन्दै आफूहरु फाइनलका लागि तयार रहेको बताए। काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले ट्रफी आफ्नो टिमले जित्ने दाबी गरे।

पहिलो पटक लिगचरणमा काठमाडौंमाथि ३(० को सानदार जित निकालेको धनगढीले दोस्रो पटक प्लेअफमा २(१ गोलअन्तरले जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो। जारी प्रतियोगितामा काठमाडौंले जम्मा दुई हार ब्यहोरेको छ र, दुबै हार काठमाडौंसँग ब्यहोरेको छ।

लिग चरणमा ४ जित १ हार र १ बराबरी खेलेको काठमाडौं १३ अंक जोडेर शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको थियो। उता धनगढी भने ३ जित १ बराबरी र १ हार ब्यहोर्दै १० अंक जोडेर प्लेअफमा पुगेको थियो। तर प्लेअफमा धनगढीले काठमाडौंलाई हराएपछि धनगढीले सोझै फाइनल खेल्यो भने काठमाडौंले ललितपुरसँग दोस्रो प्लेअफ खेल्नु पर्‍यो।

दोस्रो प्लेअफमा ललितपुरलाई हराउँदै काठमाडौंले फाइनलको यात्रा तय गरेको थियो। त्यस्तै आजको खेलले प्रतियोगिताको टप स्कोररको निर्धारण गर्नेछ। जारी प्रतियोगितामा सर्बाधिक गोलकर्ताको सूचीमा काठमाडौं रेजर्सका मेसोके ओलोमोउ सर्वाधिक ७ गोलसहित सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा छन्। उता धनगढीका ओलावाले अफीज ४ गोलसहित उनलाई पछ्याउँदै छन्।

यद्यपि पछिल्ला केही खेलमा चोटका कारण अफिज आफ्नो कौशल देखाउन सकिरहेका छैनन्। खुट्टाको चोटका कारण उनलाई खेल्न कठिन भइरहेको छ। प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख प्राप्त गर्नेछन्। उत्कृष्ट गोलकिपर, प्रशिक्षक, इमर्जिङ प्लेयरलगायत विभिन्न विधाबाट १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.