लिलाजङ्ग शाही
बौनिया, ३० बैशाख/कैलालीको मोहन्याल गाउपालिका आगलागी पीडितहरुलाई ३१ हजार नगद सहयोग गरिएको छ ।कैलालीको मोहन्याल गाउपालिकाबाट बिदेशमा बिभिन्न स्थानमा रहेर रोजगारीगरिहेका युवाहरुको संस्था गतिशिल युवा समाज मोहन्यालले उक्त रकम सहयोग गरेका हुन् ।
बैशाख महिनामा मोहन्याल वडा नम्बर ६ सोल्टाका प्रबिण रावल र मोहन्याल वडा नम्बर ७ बढीगाउका इशरा धमलाको घरमा आगलागी भएर ठुलो धनमाल क्षती भएको थियो । उनीहरुले आगलागी पिडित रावललाई ३० हजार र धमलालाई ११ हजार नगद सहयोग गरेका हुन् । सो आगलागी पिडितका लागि बिदेशमा रहेका दिपेन्द्र बडुवाल, पुर्णप्रशाद रिमाल, मनिश बुढा, सुरेस घोडासैनी, गोपिराम जैशी, जनक शाही, प्रतिभा बिसि, नवराज रावत, धर्मेन्द्र माझिक्षेत्रि, बिष्णु शर्मा, टेक रावल, सर्बजित रावल, भुवन बिष्ट, रामबहादुर बुढा, अनुज रावल, निशान भाट, निराजन बटाला र खेमराज जैशीले आर्थिक सहयोग गरेको गतिशिल युवा समाज मोहन्यालले जानकारी दिएको छ ।