धनगढी ३० बैशाख/बुधबार साँझको हुरीले कैलालीका कयौ घरका छाना उडाएको छ।हुरीले जिल्लाका विभिन्न स्थानका घर, गोठ तथा विद्युतका पोलमा क्षति गरेको हो।
धनगढी, गोदाबरी, लम्की, कैलाली, जोशीपुर, भजनी र टीकापुर क्षेत्रका दर्जनौ घरमा हुरीले क्षति गरेको छ। तर जिल्ला प्रहरी कार्यालय कैलालीसंग कुनै तथ्याँक छैन्। मानविय तथा भौतिक क्षतिको कुनै विवरण नआएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।