एजेन्सी – इटालियन क्लब युभेन्टसका भेट्रान गोलरक्षक जियानलुजी बुफोनले सिजनको अन्त्यसँगै युभेन्टस छाड्ने घोषणा गरेका छन् । युभेन्टससँगै उनले व्यवसायिक खेल करियरबाट पनि सन्न्यास लिन सक्ने बुझिएको छ ।युभेन्टसमा ४३ वर्षीय भेट्रान इटालियन गोलरक्षक बुफोनको सम्झौता यसै समरको अन्त्यसम्म रहेको छ । र उनले युभेन्टससँग सम्भाmैता नगरी आफ्नो २६ वर्षे व्यवासयिक खेल जीवनबाट सन्न्यास लिन सक्नेछन् ।
बेन स्पोर्ट्ससँग कुरा गर्दै बुफोनले भने, ‘यसवर्ष युभेन्टसमा मेरो अनुभव निश्चित रुपमा अन्त्य हुनेछ । या त म रोकिन्छु या त कुनै भुमिकामा आउन सक्छु ।’ हाल सिरी ‘ए’ को दोस्रो स्थानमा रहेको एटलान्टाले उनलाई अनुबन्ध गर्ने इच्छा देखाएका छन् । एटलान्टाले सिजनको अन्त्यसँगै बुफोनको विषयमा निर्णय लिन सक्नेछन् ।
बुफोन कोचिङ स्टाफको रुपमा सक्ने अनुमान गरिएपछि पछिल्लो समयको घट्नाक्रमले पनि उनी कोचिङ स्टाफको रुपमा नरहन सक्नेछ । साविक विजेतासमेत रहेको युभेन्टसको खराव प्रदर्शन गर्दा यो सिजन पाँचौ स्थानमा रहँदा क्लबका प्रशिक्षक आन्द्रे पिर्लोलाई अत्याधिक दवावमा रहेको छ । सिजनको अन्त्यसँगै उनी पनि बर्खास्त हुन सक्ने अनुमान गरिएको छ ।
पछिल्लो खेलमा घरेलु मैदानमा एसी मिलानसँग ३–० ले पराजित भएपछि युभेन्टसलाई शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुन पनि दवाव बढेको छ । युभेन्टसलाई शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुन बाँकी रहेको तीन खेलमा जित निकालेर मात्रै पुग्दैन । अरु टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ । युभेन्टसको सस्सुलो, च्याम्पियन बनिसकेको इन्टर मिलान र बोलोग्नासँग खेल्न बाँकी छ ।
बुफोनको बिदाईसँगै युभेन्टसमा उनको दोस्रो सिजनको पनि अन्तय हुनेछ । बुफोन २००१ मा पार्माबाट युभेन्टस पुगेका थिए । उनी २०१८ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० पुगेका थिए । त्यहाँ एक सिजन फ्रेन्च लिग वान जितेपछि उनी पुनः २०१९ मा युभेन्टस फर्किएका थिए ।
उनले हालसम्म ६८३ खेल खेल्दा ३२२ क्लिन सिट र २१ ट्रफी जितेका छन् । सिरी ‘ए’ मा उनले यो सिजन १२ खेलमा मात्रै मौका पाएका छन् । उनले इटालीको राष्ट्रिय टोलीबाट १७६ क्याप जितेका छन् ।उनले पार्माबाट समान एक पटक कोपा इटासलिया, सुपर कोपा इटालिया र युइएफए कप जितेका छन् । यस्तै युभेन्टसबाट १० सिरी ‘ए’, १ सिरी ‘बी’, ४ कोपा इटालिया, ६ सुपर कोपा इटालिया र च्याम्पियन्स लिगमा ३ सिजन उपविजेता बन्न सफल भएका थिए । पीएसजीबाट लिग वान र सुपर कप जितेका छन् । इटालीबाट २००६ मा विश्वकप जितेका छन् ।
