काठमाडौं–नेकपा एमालेका प्रभावशाली नेता एवं बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधन भएको छ । कोरोना संक्रमित उनको मंगलबार साँझ निधन भएको हो ।
संक्रमण भएपछि मनमोहन अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा निधन भएको हो । २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका चौलागाई दोलखाबाट दुई पटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
युवा संघका अध्यक्षसमेत भएका चौलागाई एमालेका पोलिटव्यूरो सदस्य तथा साबिक बागमती अन्चलका इन्चार्जसमेत थिए ।
