काठमाडौं–इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा एभर्टनले झिनो अन्तरको जीत हासिल गरेको छ । एभर्टनले वेस्टह्यामलाई उसैको मैदानमा १–० ले हराएको हो । एभर्टनको जीतमा डोमिनिक काल्भर्ट लेविनले गरेको एकमात्र गोल नै निर्णायक बनेको थियो ।
उनले पहिलो हाफमै टोलीलाई अगाडि राखेका थिए । खेलको २४औं मिनेटमा काल्भर्ट लेविनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि कुनै गोल निस्कन सकेन र एभर्टन विजयी भयो । जीतपछि ३४ खेलबाट ५५ अंक भएको एभर्टन अंकतालिकाको आठौं स्थानमा रहेको छ भने पराजित वेस्टह्याम ३५ खेलबाट ५८ अंकसहित पाँचौं स्थानमा यथावत छ ।