एजेन्सी । स्पेनिस क्लब भिल्ला रियल युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनलसँग गोलरहित बराबरी खेल्दै समग्रमा २(१ को जितसहित भिल्ला फाइनल पुगेको हो ।इंग्लिस क्लब आर्सनलको मैदानमा बराबरीमा रोकिएपनि भिल्लाले पहिलो लेगमा निकालेको कारण फाइनल यात्रा तय गरेको हो ।
भिल्लाले पहिलो लेगमा २-१ को जित निकालेको थियो ।इमिरेट्स स्टेडियममा भएको दोस्रो लेगमा भने दुबै टोलीले गोल गर्न सकेनन् । पाएको मौकालाई सदुपयोग गर्न नसक्दा दुबै टोलीले गोलरहित बराबरी खेल्नु परेको थियो ।
अब भिल्लाले फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडसँग खेल्नेछ । युनाईटेड रोमालाई समग्रमा ८(५ ले हराएर फाइनल पुगेको छ ।भिल्ला र युनाईटेडबीचको फाइनल खेल मे २६ मा हुनेछ ।