धनगढी: कञ्चनपुरको पुनर्वासमा भारतबाट भित्र्याइदै गरेको ६० हजार बढी मूल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ ।
सीमावर्ती भारतीय बजार बसहीबाट नेपाल ल्याइदै गरेको अबैध मालसामान बुधबार राती ६० हजार १९५ रुपैयाँ बराबरको अबैध मालसामान बरामद गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताए ।
उनका अनुसार लकडाउनको मौका छोपी चोरीपैठारी बढेको गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलीले उक्त मालसामान बरामद गरेको हो ।
भारतीय बजार बसही बाट ल्याइदै इलेक्ट्रोनिक सामान, कुखुराको दाना लगायत चिसो पेय पदार्थ डिउ बरामद गरिएको प्रहरी निरीक्षक बिष्टले बताए । बरामद गरिएको मालसामान भन्सार कार्यालय कैलाली पठाइएको जनाएको छ ।