धनगढी: नेपाल सुपर लिग ९एनएसएल० मा आज एक मात्र खेल खेलिंदै छ। धनगढी एफसी र पोखरा थन्डर्स आज हुने खेलमा प्रतिस्पर्धा गर्दै छन्।
दशरथ रंगशालामा हुने आजको खेल यस संस्करणको एनएसएलको १५औं खेल हो। साँझ ५ः३० बजे शुरु हुने सो खेलमा धनगढी एफसी पोखरा थन्डर्सलाई हराउँदै लिगको शीर्ष स्थानमा उक्लिन चाहन्छ। ४ खेलमा ७ अंक सहित अहिले किरण चेम्जोङ कप्तान रहेका धनगढीको टोली दोस्रो स्थानमा छ।
उता पोखरा भने लिगमा आफ्नो दोस्रो जित निकाल्न चाहन्छ। मात्र १ जित र दुई बराबरी सहित ५ अंक बटुलेको पोखराले १ पराजय पनि भोगेको थियो। पोखरा अहिले अंक तालिकामा ५औं स्थानमा रहेको छ।
आज हुने खेलमा हामीले यस प्रतियोगिताको टप गोलकर्तालाई मैदानमा देख्नेछौं। धनगढीका स्ट्राइकर ओलावाले अफिजले यस प्रतियोगितामा ४ खेलमा ४ गोल गरिसकेका छन्। उनी यस प्रतियोगिताका सर्वाधिक गोलकर्ता रहेका छन्।