भारतमा कोरोनाको दोस्रो लहरमा ब्रेक लाग्ने कुनै छाँटकाँट छैन। ३ दिन लगातार नयाँ संक्रमितमा गिरावट आइरहेकोमा मंगलबार पुनः नयाँ संक्रमितको आँकडामा वृद्धि देखिएको छ।
भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ व्यक्तिमा कोरोना पुष्टि भयो। यो आँकडा संसारमा सबैभन्दा धेरै संक्रमित भएको देश अमेरिकाका नयाँ बिरामीभन्दा ९ गुणा बढी हो।
यहाँ पछिल्लो २४ घण्टामा ४२,३५४ संक्रमितको पहिचान भयो। यता कोरोनाका कारण ज्यान गुमाउनेको आँकडा लगातार बढिरहेको छ। पछिल्लो २४ घण्टामा यहाँ ३,७८३ व्यक्तिको ज्यान गयो।
यो एकै दिन भएको मृत्युको सर्वाधिक संख्या हो। यस्तै, पछिल्लो २४ घण्टामा ३.३७ लाख व्यक्ति कोरोनाद्वारा मुक्त पनि भएका छन्। यो पनि एक रेकर्ड हो।