काठमाडौं। नेपाली फुलकन्ट्याक्ट करातेका पहिलो पुस्ताका खेलाडी तथा वरिष्ठ प्रशिक्षक रामजीप्रसाद वज्राचार्यको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ।
कोरोना संक्रमण देखिएपछि बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत वज्राचार्यको मंगलबार बिहान ११ बजेर ५५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।
६५ वर्षीय वज्राचार्यलाई एक साताअघि घाँटी दुख्ने र ज्वरो आउने समस्या भएपछि गणेशमान स्मृति अस्पतालमा भर्ना गरिएको थियो।
उक्त अस्पतालमा परीक्षणपछि कोरोना संक्रमण भएको पत्ता लागेपछि उनको आईसीयूमा उपचार भइरहेको थियो।