धनगढी, २१ बैशाख/धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टको पहलमा मंगलबार सेती प्रादेशीक अस्पतालका लागि अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ ।
उप–प्रमुख भट्टको पहलमा सेती प्रादेशिक अस्पताललाई २३ थान सिलिण्डर हस्तान्तरण गरेको हो । अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि अटो मेकानिक्स ब्यावसायीका अगुवा चन्द्र प्रकाश गैरे संग समन्वय गरिएको उप–प्रमुख भट्टले बताईन । अटो मेकानिक्स ब्यावसायीले निकै ठूलो मानविय सेवाको काम गरेको छ , उप–प्रमुख भट्टले भनिन्, वहाँहरु संग उपलब्ध रहेका अक्सिजन सिलिन्डरका मंगलबार प्रहरी मार्फत अस्पताललाई सहयोग गरेका छौं ।
अटो मेकानिक्स ब्यावसायीका अगुवा चन्द्र प्रकाश गैरे , अटो मेकानिक्स ब्यावसायीहरु धनगढी उप महानगरपालिका ४ का अध्यक्ष दिपक थापा, वडा नम्बर ३ का अध्यक्ष बल बहादूर ऐर समेतको उपस्थितीमा प्रहरी मार्फत सेती प्रादेशीक अस्पताललाई हस्तान्तरण गरिएको पनि उप–प्रमुख भट्टले बताईन ।
अटो मेकानिक्स ब्यावसायीहरुले दैनिक गरिरहेको कामलाई बन्द गरेर कोरोना महामारी नियन्त्रणका लागी सिलिण्डर सहयोग गरेको चन्द्र प्रकाश गैरेले बताए । सहयाेग गरेकाे ग्यास प्रयोगमा ल्याएर पुन कम्पनीलाई फिर्ता गरिने गरिने गैरेले बताए । अक्सिजन अभाव हुन थालेपछि धनगढी उप महानगरपालिकाकी उप मेयर शुसिला मिश्र भट्टले सिलिण्डर सहयोग गर्न ब्यवसायीहरुलाई अपिल गरेकी थिइन् । उनको सो अपिल संगै ब्यवसायीहरुले सिलिण्डर सहयोग गरेका हुन् ।