काठमाडौ २१ वैशाख। स्पानिस ला लिगाको चौथो स्थानमा रहेको सेभिया एथ्लेटिक विल्वाओसँग १–० ले पराजित भएको छ।
सोमबार राति घरेलु मैदानमै भएको खेलमा अन्ति मिनेटमा गोल व्यहोरेपछि सेभिया पराजित भयो। यस हारले सेभियाको उपाधि होड कमजोर बनेको छ।
विल्वाओलाई ३ अंक दिलाउन खेलको ९०औं मिनेटमा यनाकी विलियम्सले निर्णायक गोल गरे।
यस जितपछि विल्वाओ ३४ खेलबाट ४५ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ। समान खेलबाट सेभियाको ७० अंक छ।
लिगमा चार चरणको खेल बाँकी रहँदा एट्लेटिको मड्रिड ७६ अंकसहित शीर्ष स्थानमा छ भने रियल मड्रिड र बार्सिलोनाको समान ७४ अंक छ।