संसारको सबैभन्दा ठुलो परोपकारी कोष खडा गरेका जोडी बिल र मेलिन्डा गेट्सले विवाहको २७ वर्षपछि अलग हुने निर्णय गरेका छन्।
एउटा संयुक्त विज्ञप्तिमा उनीहरूले आफ्नो संस्थाका लागि भने मिलेर काम गर्ने जनाएका छन्।
माइक्रोसफ्टका पूर्व सहसंस्थापक तथा पूर्व अध्यक्ष गेट्स विश्वका सबैभन्दा धनी व्यक्ति मध्ये एक हुन्।
उक्त जोडीले ’धेरै विचार गरेर र आफ्नो सम्बन्धमा धेरै परिश्रम खर्चेर विवाह अन्त्य गर्ने निर्णय गरेको’ सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन्।