काठमाण्डौ १९ बैशाख/सोमवार देखी आन्तरिक हवाई उडान बन्द हुने भएका छन् । सोमवार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको सिफारिस अनुसार भोली सोमवार १२ बजेदेखि सबै आन्तरिक उडानहरु बन्द गर्ने निर्णय गरेको हो ।
यसैगरि ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने र भारतबाट हुने सम्पूर्ण उडान पनि स्थगित गरिने भएको छ ।अरु अन्तर्राष्ट्रिय उडान भने मापदण्ड पूरा गरेर कायम राख्ने गर्ने निर्णय गरिएको छ ।अहिले अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने व्यक्तिले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको छ ।