धनगढी: भारतमा कोरोना भाइरसको दोस्रो लहर तिव्र रुपमा फैलिएसँगै नेपाल फर्किएका नागरिकहरु कैलालीको सीमा नाका गौरीफन्टामा अलपत्र परेका छन्।
रोजगारीका लागि भारतका विभिन्न स्थानमा गएकाहरु कोरोनाबाट बच्न स्वदेश त फर्किए। तर कैलालीमा निषेधाज्ञा जारी भएका कारण उनीहरु नाकामै अलपत्र परेका छन्।
निषेधाज्ञापछि सम्पूर्ण सवारी साधन बन्द भएका कारण नेपालीहरु घर पुग्न पाएका छैनन्। उनीहरु चर्को घर्मीमा नाकामै अलपत्र परेका छन्।
भारतबाट फर्किएकाहरुलाई घर पुर्याउने व्यवस्था नगरिदिएको भन्दै उनीहरु निराश बनेका छन्।